राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ
काठमाडाैं | फागुन ११, २०८०
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ ।
मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो ।
किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग
(आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएको छन् । किरण भारतबाट दुई दिन अघि स्वदेश फर्केका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

